बिराटनगर । 

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले जिल्ला  प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिएका छन् ।

शुक्रवार (आज) भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाउन  निर्देशन दिएका हुन् । 

निर्देशनकै क्रममा उनले बस पार्कहरुमा यात्रुहरुको बढि चाप हुने हुँदा समयमै यात्रु सहायता कक्षको स्थापना गर्ने, लामो दुरीको सवारी साधनहरुमा २ जना सवारी चालक राख्न लगाएर कडाईका साथ कार्यान्वयन गर्ने  साथै  मापसे चेकिङ, ट्राफिकसहित संयुक्त चेकिङ र गस्ति पेट्रोलिङ बढाई कडाईका साथ चेकजाँच गर्न र  बस पार्क तथा बसमा रहेका यात्रुहरुलाई यात्रा सुरक्षित बनाउन जनचेतना मुलक प्रशिक्षण समेत दिई  नागरिकको सुरक्षामा खटिन  निर्देशन दिएका छन् ।