मेचीनगर । 

 विपद् जोखिम न्यूनीकरणको स्थानीयकरणको सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । झापाको मेचीनगरमा शुक्रबार(आज) तालिम समापन भएको हो ।  तालिमको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले विधिवत रुपमा विहीबार उद्घाटन गरेका थिए । 

 नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय नियोगको सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन संगठन मार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय  महासंघ नेपालसँगको सहकार्यमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल लुथरन वल्र्ड फेडेरेशन र प्राक्टिकल एक्सन कन्सल्टेन्टले तालिम आयोजना गरेको हो ।

तालिम विपद् जोखिमहरुबारे बुझाई, विपद् जोखिम सम्बनिध नेपाल सरकारका नीतिहरु र प्राथमिकताहरु, विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि,विपद् लेखाजोखा मार्गदर्शन, आपतकालीन कार्यसञ्चालन केन्द्र, पूर्व चेतावनी प्रणाली स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, विपद् जोखिम न्यूनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण, विपद् पूर्वतयारी र प्रतिकार्य योजना, विपद् जोखिम व्यवस्थापनमा मानविय सिद्घान्तहरु, खुल्ला क्षेत्रहरुको पहिचान र संरक्षण, जोखिमको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कार्ययोजनाहरुको मार्गचित्र विषयवस्तुमा केन्द्रित रहेको थियो ।

विश्व मानचित्रमा नेपाल भूकम्पमा ११ औँ अति जोखिम, बाढी र पहिरोबाट ३० औँ अति जोखिम, सडक दुघृटनाबाट मृत्युदरको आधारमा ५० औँ अति जोखिम, जलवायु परिवर्तनमा ४ औँ अतिजोखिम  नेपाल विह्वमा २० औँ विपद् संकटासन्न राष्ट्रमा पर्ने तालिममा बताइएको थियो । तालिममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती , प्रमुख प्रशासकयि अधिकृत राजकपुर चौलागाईँ वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विपद् फोकल पर्सनस, कार्यपालिकामा कार्यरत विभिन्न शाखाका पदाधिकारी र कर्मचारीसहित २५ जना सहभागी थिए ।

सहभागीहरुलाई कार्यक्रम संयोजक तथा सहजकर्ता मोहन गौतम १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत हितेश बस्नेतले विविध विषयमा सहजीकरण गरेका थिए ।