बिर्तामोड ।

 बालबालिका लक्षित रेडियो  कार्यक्रम बालबालिका र शिक्षा झापाको रेडियो मन्त्र बाट पनि प्रसारण हुने भएको  छ। मेचिनगरबाट प्रशारण हुँदै आएको रेडियो मन्त्र १०५.४ मेघाहर्जमा शुक्रबार बेलुकी ७ः१५ बजे र शनिबार बिहान ८ः१५ बजे  प्रसारण हुने रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिए। 

 बालबालिकाका आवाजलाई जनमानसमा पुर्याउन र बाल मनोबैज्ञानलाई सहज रुपमा बुझ्न अभिभावकसम्म उनीहरुको क्षमता देखाउन कार्यक्रम रेडियोबाट प्रसारण गरिएको निरौलाले बताए । 

मोबाइल र ईन्टरनेटको प्रयोग बाट बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश सञ्चार गर्न खोजिएको हो।  

 बिगत २ बर्ष देखि  प्रसारण हुँदै आएको रेडियो कार्यक्रमले अभिभावक र बालबालिका लाई सकारात्मक सन्देश दिदै आएको कार्यक्रम संयोजक एवम् बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले जानकारी दिए ।