हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाका प्रत्येक वडामा टोल विकास समिति गठन गर्ने क्रम बढेको छ । यसै क्रममा हल्दिबारी वडा नम्बर ५ मा पनि तीन वटा टोल बिकास संस्था गठन भएको हो । 

अधिकारीचोक देबी थानेको, घरको तेर्साे बाटो दक्षिण पट्टी भुतेनी खोला सम्मको टोललाई धरधरे टोल बिकास संस्था नामाकरण गरी समिति गठन गरिएको हो । सर्वसम्मत चयन भएको समितिको अध्यक्षमा चन्दा तावा, उपाध्यक्षमा गुप्त फागो, सचिवमा राजकुमार सुब्बा (लिम्बु), सह–सचिवमा भुमिराज केरूङ्ग र कोषाध्यक्षमा मनकुमारी आङ्बो चयन भएका छन् । 

समितिको सदस्यमा पबित्रा देवान, मनमाया नेम्वाङ्ग, श्रृजना नेम्वाङ्ग, बिष्णुमाया तामाङ, सुनिता कन्दङ्वा, पबित्रा दाहाल, देबिमाया बस्नेत र राजकुमार केरूङ्ग चयन भएका छन् । अनुगमन समितिमा होमनाथ अधिकारी, मुक्तिनाथ दंगाल, चक्रबहादुर देवान, यमुना बजगाई र मदन तामाङ रहेका छन् ।

त्यसैगरी बाहुनढोका होली, लोकेन्द्रराज आङ्बोको घर उत्तर पटिको सबै भाग समेटि धनुषा टोल बिकास संस्था गठन भएको छ । 

समितिको अध्यक्षमा होमा मैनाली, उपाध्यक्षमा गोकर्ण भण्डारी, सचिवमा बलराम गिरी, सह–सचिवमा हरि चम्लागाईं र  कोषाध्यक्ष मिना तामाङ्ग चयन भएका छन् । सदस्यमा बिन्दा डाँगी, सरस्वता भण्डारी लिम्बु, प्रेमकुमार काम्वाङ्ग, नारायण तामाङ्ग, टीका सुवेदी, चन्द्रकला राई, दुर्गा अधिकारी र सीता  तामाङ्ग रहेका छन् । अनुगमन समितिमा ज्ञानबहादुर माबों, चन्द्र तामाङ्ग, सीता कार्की, सरस्वती चम्लागाईं, भीम आङ्बों रहेका छन् ।

त्यस्तै लोकेन्द्र राज आङ्बोको घर दक्षिण, देबी थानेको घरको तेर्साे बाटो नेत्र मार्ग उत्तर पट्टिको सबै भाग समेटेर कञ्चन श्री टोलबिकास संस्था  गठन भएको छ । समितिको अध्यक्षमा भीमा गौतम, उपाध्यक्षमा गणेश फागा, सचिवमा पदम न्यौपाने, सह–सचिव तारावीर मगर र कोषाध्यक्षमा मीना फागो चयन भएका छन् । 

समितिको सदस्यमा मनमाया शेर्पा, चन्द्रमाया आङ्बो, समीर नेम्वाङ्ग, गोमा मगर, राजकुमार कन्दङ्वा, लक्षु फागो, जमुना रानामगर र लक्ष्मी अधिकारी चयन भएका छन् । 

त्यसैगरी अनुगमन समितिमा पबित्रा मगर, बुद्वराज मगर, पदमकुमार श्रेष्ठ र टेक बहादुर मगर रहेका वडासचिव तथा सूचना अधिकारी भजन संग्रोलाले जानकारी दिएका छन् ।