बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आत्महत्या रोकथाम तथा न्युनिकरणका लागि पर्चा पम्प्लेट बितरण साथै माईकिङको माध्यमबाट जन मानसमा सचेतना फैल्याउने कार्यको थालनी गरेको छ । 

गत असोज २ गतेदेखी १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमको शुरु भएसँगै प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका जिल्लाहरुमा चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण शुरु गरेको हो ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाई पहिलो चरणमा झापा, मोरङ र सुनसरी जिल्लाका ग्रामिण इलाकाहरु सम्म पुग्ने गरी आजैबाट चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गर्ने कार्य गरेको हो ।