उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका–३ की २२ बर्षीया लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर मृत्यु भएको छ ।

मंगलवार सो खोलामा नुहाउन गएको अवस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।