बिराटनगर ।

ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का २५ बर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । माछा मार्न भनेर साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तेल्लोकको प्रहरी टोलीले जनाएको हो ।

  घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका–१० का २७ बर्षीय ईन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ ।

करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका चेम्जोङलाई उपचारको लागि झापाको बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाका वारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।