बिराटनगर।

सुनसरीको ईटहरी–९ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीले बिपरित दिशाबाट आउँदै गरेका पैदल यात्रीलाई ठक्कर दिदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको छ । 

सवारी दुर्घटनामा घाइते ईटहरी ५ का ८२ बर्षीय उमाकान्त भण्डारीलाई ठक्कर दिंदा घाईते भएका थिए । घाइते भण्डारीको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी ईटहरीले जनाएको छ । 

घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।