हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकामा टोल बिकास समिति गठनले तिब्रता पाएको छ। दैनिक जसो हल्दिबारीमा टोल बिकास संस्था गठन भईरहेको छ। हल्दिबारी ३ मा ४ वटा टोल बिकास संस्था गठन गरिएको हल्दिबारी ३ का वडासदस्य कर्णबहादुर भण्डारी बताए ।

साबिक जलथलका वडाहरूलाई १÷१ टोल मानेर टोल बिकास संस्था गठन गरेको उनले बताए । उनका अनुसार टोल नं.१ सर्वसम्मत टोल समिति गठन भएको छ। 

टोल विकास संस्थाको टोल नम्बर १ को अध्यक्षमा यसोदा भुजेल, उपाध्यक्षमा सुमन ठकुरी, सचिवमा केसरबहादुर बोहोरा, सह–सचिवमा महेन्द्र बोहोरा र  कोषाध्यक्षमा इन्दिरा न्यौपाने चयन भएका छन् । सदस्यमा मिरा गिरी बन, सिता गिरी, पवित्रा घिमिरे, उदिम दर्नाल, उमा गिरी, मातृका भारती, चन्द्रबहादुर वोहोरा र टिका गिरी रहेका छन् । 

त्यसैगरी सल्लाहाकार समितिको संयोजकमा दिपबहादुर वन र सदस्यमा चम्पा घिमिरे, चन्द्रकला गिरी, नविन थापा मगर, धर्मेन्द्र महतो छन् । अनुगमन समितिको संयोजकमा शालिकराम कार्की सदस्यमा दुर्गाप्रसाद दाहाल, यसोदा भण्डारी, तुलसा गिरी र कुल बहादुर भण्डारी रहेका छन् । 

त्यस्तै टोल नम्बर २ को टोल बिकास संस्थाको अध्यक्षमा पबित्रा गिरी, उपाध्यक्षमा सम्भु ढुंगाना, सचिबमा खेसकुमारी बन, सह–सचिबमा भिमबहादुर बन र कोषाध्यक्षमा सुष्मा कन्दङ्वा चयन भएका छन् । सदस्यमा सम्झना दाहाल मिश्र, गितादेवी बन, मनमाया अधिकारी, साहेब मर्डी, एकराज गिरी र तेजप्रसाद दाहाल चयन भएका छन् । 

सल्लाहाकार समितिको संयोजकमा सिता बन सदस्यमा कुमार पुरी, हिमकला भारती, बिश्वराज मिश्र र निर्मला घिमिरे रहेका छन् भने अनुगमन समितिको संयोजकमा गोबिन्द घिमिरे सदस्यमा बेनु गिरी, सुबास चापागाईं, कुन्ती मिश्र, कमला गिरी रहेका छन् । 

त्यसैगरी टोल नम्बर ३ बिकास संस्थाको अध्यक्षमा रन्जु मेचे, उपाध्यक्षमा राखि मेचे, सचिबमा यामलाल आचार्य, सह–सचिबमा दुर्गा बराल र कोषाध्यक्षमा गिता मेचे चयन भएका छन् । 

सदस्यमा मंगल  मेचे, सेभेन मेचे, बिजय मन्डल, सुकराज लिम्बु, छमसरि मेचे, पार्बति मुर्मु छन् । सल्लाहकार समिति संयोजकमा बालकृष्ण  ढुङेल सदस्यमा तुलसा आचार्य, अमिता मेचे, घनश्याम महतो र अशोक मेचे छन् भने अनुगमन समितिको संयोजकमा सोरेन मेचे सदस्यमा उसा मेचे, चैतुलाल मेचे, सबित्रा मेचे र कमल ओली रहेका छन् । 

त्यसैगरी ४ नं टोल बिकास संस्थाको  अध्यक्षमा नुमा मेचे, उपाध्यक्षमा दधिराम ढुङेल, सचिवमा बबिता भट्टराई, सह–सचिबमा देबिबहादुर खत्री र कोषाध्यक्षमा बबिता झापा सर्वसम्मत् चयन भएका छन् । सदस्यमा पद्मादेबि बन, (गितादेबि मिश्र, सरिता आचर्य (बस्नेत) लक्ष्मीप्रसाद बस्नेत, हरिप्रसाद मैनाली र रुद्रकुमार प्रधान चयन भएका छन् । 

सल्लाकार समितिको संयोजकमा हरि मिश्र सदस्यमा दुर्गाबहादुर न्यौपाने, तीलबहादुर बस्नेत, सरिता भट्टराई र कल्पना खड्का छन् भने अनुगमन समितिको संयोजकमा कृष्ण कुमार आङ्देबे, सदस्य खेमप्रसाद गौतम, रिनादेबि दाहाल, आशा बुढाथोकी र लक्ष्मीप्रसाद तिम्सिना रहेको जनाइएको छ ।