अर्जुनधारा । 

झापाको अर्जुनधारा–९ को गार्गी वाङमय प्रतिष्ठानले रोहिणी विलास लुईटेलको ८१ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षता तथा समालोचक विष्णुकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न जन्म जयन्तीमा महिला समूहबीच हाजिरी जवाफ प्रतियोगिता गराइएको थियो । विभिन्न ५ वटा समूह सहभागी प्रतियोगितामा अनिता नेपाल नेतृत्वको (ग समूह) प्रथम भएको थियो ।

सो अवसरमा जगन्नाथ अधिकारी, मिरा पोखरेल लगायतले कबिता वाचन गरेको कार्यक्रममा महिला समूहले सामुहिक किर्तन गरेका थिए । कार्यक्रममा विशेष अतिथि अजुर्नधारा वडा नं.९ का वडाध्यक्ष भिष्म मिश्रले प्रतिष्ठानको अपुरो भवन पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सो अवसरमा जग्गादाता मेघनाथ पोखरेल, केशव थापा, पुष्प प्रसाई लगायतले शुभकामना व्यक्त गरेका थिए । 

गार्गी वाङमय प्रतिष्ठानमा आवद्ध महिला समूहको सामुहिक स्वस्ति वाचन तथा दिप प्रज्वलनबाट प्रारम्भ भएको कार्यक्रममा स्वागत रमण विलास लुईटेलले गरेका थिए भने सञ्चालन केदारनाथ पोखरेलले गगरेका थिए ।