मोरङ ।  

मोरङको बिराटनगर महानगरपालिका–१२ बाट प्रहरीले राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टरसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले चेक जाँचको क्रममा बिराटनगरको रोडशेष चोकबाट BR38 B 2378 नम्वरको ट्रयाक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टरसहित करिव ४० लाख मुल्य बरावरको सामान बरामद गरेको हो । 

बरामद गरिएका लत्ताकपडा, ट्याक्टर र चालक जहदा गाउँपालिका–१ का रमेश यादव समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।