सुनसरी ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० बाट चोरीको समानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन् । इटहरी–२० मा रहेको  किरण क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेच बिखन भईरहेको छ भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार ८ पाकेट चोरी गरी बेचीरहेको अवस्थामा पक्राउ गरेको हो । 

चौधरी पक्राउ परेसंगै सोधपुछको क्रममा  पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनि चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्रि गरेका बिभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो ।

चोरीको सामान बरामद भएपछि चौधरी र क्षेत्रीलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।