झापा। 

झापाको मेचीनगर नगरपालिका–६ बाट  प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–१ का २१ बर्षीय मनोज कुमाल रहेका छन् । 

मेचीनगर–६ मा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कुमाललाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागू औषध र नगद बरामद भएपछि उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।