मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकाबाट लागू औषध ब्राउन सुगरसहित प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । मेचीनगर–१३ तेलिबारी फुलबासा चौकबाट आइतवार साँझ लागूऔषध ब्राउन सुगरसहित ४३ बर्षिया भारती राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । 

लागू औषध निरिक्षण ब्यूरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा राजबंशीको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर ४ ग्राम र उनको घरबाट ८ ग्राम गरी जम्मा १२ ग्राम, डिजिटल मिनि तराजु थान १, नेपाली रुपैयाँ नगद ३ लाख ५३ हजार ५०० सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।