बिर्तामोड ।
नेपाल प्रेस युनियन झापाले युनियनका केन्द्रीय अध्यक्षसहित झापाबाट युनियन, वान तथा प्रेस क्लबमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
युनियनको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय अध्यक्ष शिव लम्साल, उपमहासचिव युवराज गौतम, सचिव रेजिना गौतम, सदस्य शुशिला संग्रौला, स्वतन्त्र रेडियो प्रशारक संघ प्रदेश १ का संयोजक गिरीराज भट्टराई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई स्वागत सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गोविन्दचन्द्र क्षेत्रीसहित अतिथिहरुले खादा माला र अविर लगाएर सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि छेत्री, उपमहासचिव गौतम, सचिव गौतम, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गिरीराज भट्टराई र सञ्चालन जोस्ना श्रेष्ठले गरेकी थिइन् ।