बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजारमा मुन्ना ग्रुप प्रालिले विश्वकर्मा पूजाको अवसर पारेर होम डेलिभरीसहितको सजिलो सेवा शुरु गरेको छ । प्रालिका सञ्चालक पुष्प भण्डारी र बिबेक लिम्बुले बिर्तामोड नगरपालिकालाई लक्षित गरी होम डेलिभरीसहितको घरयाशी सवै सामाग्री मर्मतको सेवा शुरु गरेका हुन् ।  

‘कामलाई कामदार, कामदारलाई काम’ भन्ने मुल नाराका साथ प्रालिले सजिलो सेवा सञ्चालनमा ल्याएको हो । प्रालिले बिजुलीबत्ती, पानीका पाइपलगायतका सम्पूर्ण घरायशी सामाग्री मर्मतको सेवा शुरु  गरेको हो । 

हाललाई बिर्तामोड नगरभित्र इलेक्ट्रीसियन, प्लम्बर, टायल्स तथा मार्बल फिटिङ, पेन्टर, होम अप्लायन्स रिपेरिङ, क्लिनिङ, फल्स सिलिङ फिटिङ, आइरन ग्रील, एल्मुनियम, राजमिस्त्रीलगायतका सर्भिस अर्धबार्षिक तथा बार्षिक प्याकेजका आधारमा मर्मत गर्ने सजिलो सेवा सञ्चालनमा आएको हो ।  

प्रालिले सञ्चालनमा ल्याएको सजिलो सेवाको उद्घाटन शनिवार (आज) बिर्तामोड नगरपालिकाका उप–प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्रप्रसाद संग्रौलाले गरेका हुन् । 

उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, बिर्तामोड ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कम्पनीका इन्ट्रेरियर डिजाइनर अभिषेक अधिकारी, बिर्तामोड–७ का वडाअध्यक्ष अबिरल कृष्ण खरेल, नेकपा (एकीकृत समाजवादी) बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हाल प्रालिमा २५ जना कर्मचारी रहेको प्रालिका सञ्चालकले जानकारी दिएका छन् ।  कार्यक्रममा गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष तारा चापागाई, वडा नम्बर ३ का वडासदस्य हरि बास्कोटालगायतको उपस्थिति रहेको थियो । स्वागत तथा प्रालिको बारेमा जानकारी साथै कार्यक्रमको औचित्यमाथि प्रकाश प्रालिका सदस्य पुष्प भण्डारीले पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरि बरालले गरेका थिए ।