बिराटनगर।

झापाको बिर्तामोड नगरपालिका–४ बाट दुई  जना र मोरङको बिराटनगर महानगरपालिका–१५ बाट एक जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । 

लागू औषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागू औषध ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनीको प्रहरी टोलीले बिर्तामोड–४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१५ स्थितमा चेक जाँचको क्रममा  को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी–४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ ।  

लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।