बिराटनगर।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले चोरी मुद्धाका फरार एक जनालाई पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धामा १ महिना ४ दिन कैद २ हजार रुपैयाँ जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका बिराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ गरिएको उनलाई कैद भुक्तानको लागि मोरङ जिल्ला कारागारमा पठाएको प्रदेश प्रहरीले जनाएको छ ।