बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले सिमावर्ती क्षेत्रमा लामोदुरीको गस्ति परिचालन गरेको छ । 

प्रहरीले झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागि लामो दुरीको पैदल गस्ति परिचालन गरेको छ ।

कार्ययोजना अनुसार  प्रहरी नायव निरीक्षकको कमाण्डमा १०÷१० जना मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा परिचालन गरिएको जनाइएको छ ।