मोरङ।
मोरङको बुढीगंगा गाउँपालिका(३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलवार साँझ ७ बजे प्रदेश १(०२(००२च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेका पैदल यात्री खेदीखोला गाउँपालिका-१ स्याङ्जाका ७० बर्षीय पदम बहादुर बस्नेतलाई ठक्कर दिदा घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न भेन र चालक बिराटनगर(५ का २४ बर्षीय संतोष गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।
- चोरीमा संलग्न ३ जना सामानसहित पक्राउ
मोरङ ।
मोरङको बुढीगंगा गाउँपालिका(६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ ।
भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बुढिगंगा गाउँपालिका(६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् । उनीहरुको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका बिभिन्न किसिमका सुनका गर(गहना समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- लागू औषध ब्राउनसुगरसहित ३ जना पक्राउ
झापा ।
झापाको भद्रपुर नगरपालिका–५ मेची पुल छेउबाट लागू औषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मेची पुलको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो ।
टेम्पोबाट लागुऔषध बरामद भए संगै चालक बिर्तामोड–२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका–८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
- धाकधम्की दिई रकम माग गर्ने १ जना पक्राउ
मोरङ ।
डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको र रकम समेत माग गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिराटनगर–३ का ३३ बर्षीय बिजय दाहाललाई मंगलवार पक्राउ गरेको हो ।
पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
- फरार ब्यक्ति पक्राउ
सुनसरी ।
जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना ११ दिन कैद र २५ हजार रुपैयाँ जरीवाना भएता पनि फरार रहँदै आएका ईटहरी उप महा नगरपालिका–२० तरहराका ३१ बर्षीय बाबु बुढाथोकी भन्ने बिकास बुढाथोकीलाई पक्राउ परेका छन् ।
फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले बुढाथोकीलाई मंगलवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागि कारागार पठाएको प्रदेश प्रहरीले जनाएको छ ।