हल्दिबारी ।
झापा हल्दिबारी गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष राजेन्द्र योङ्हाङको निधन भएको छ । चितवनको भरतपुर क्यान्सर हस्पिटलमा उपचारको क्रममा उनको गएराति निधन भएको हो ।
करिब ५० वर्षिय योङ्हाङलाई ब्लड क्यान्सरको समस्या रहेको थियो । राति निधन भएका योङ्हाङको शव घरतिर ल्याउने काम भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
लोकप्रिय जनप्रतिनिधि उनी नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा हल्दिबारी गाउँ इन्चार्ज समेत थिए । उनको परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।