झापा ।  

झापाको बिर्तामोडबाट लागू औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नम्बर ६ घर भई हाल बिर्तामोड–५ स्थित हरिप्रसाद खरेलको घरमा डेरा गरी बस्ने २८ बर्षिय मोहन राजबंशी रहेका छन् । 

अस्थाई प्रहरी पोष्ट नयाँ बसपाकको प्रहरी टोलीले शंका लागेर उनको कोठा चेक जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर ५ ग्राम फेला परेको थियो । 

लागूऔषधसहित पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।