बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले सञ्चालन गरेको ३ कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन भएको छ । मंगलबार (आज) भएको समापन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको ब्यवहारिक रुपमा अक्षरस पालना गर्न आग्रह गरेका छन् । 

उनले बिशिष्ठ ब्यक्तिहरुको सुरक्षामा अहोरात्र खटिन सहभागि प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिए । साथै प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया समेत गरेका थिए । 

भाद्र २६ गतेबाट शुरु भएको तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।