हल्दिबारी ।   

झापाको हल्दीबारी गाउँपालिका–५ नम्बर वडा कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ३१ हजार ४९७ रूपैयाँ ११ पैसा राजस्व सङ्कलन भएको छ । वडा कार्यालयले विभिन्न शिर्षकबाट उक्त रकम राजश्व संकलन  गरेको वडा कार्यालयका सूचना अधिकारी तथा वडा सचिव भजन संग्रोलाले बताएका छन् । 

सो अबधीमा वडा कार्यालयबाट निम्न कार्यहरु सम्पादन भएका थिए  । वडाको बार्षिक प्रतिबेदन अनुसार जम्मा १०६५ वटा सिफारिस भएको छ जसमा चारकिल्ला ११६ वटा, घरबाटो ८७, नाता प्रमाणित ६९ वटा, बिधुत मिटर सिफारिस ५२ वटा, नागरिकता र प्रतिलिपी नागरिकता २२७, जग्गा नामसारी सिफारिस १४ वटा र अन्य सिफारिसहरू ५०० वटा सिफारिस गरिएको  हो।

कृषि तथा पशु शाखा अन्तरगर्त रेबिज बिरूद्वको खोप सञ्चालन, पशुको कृतिम गर्भधारण सुबिधा, औषधि उपचार सेवा सुबिधा दिईदै आएको  छ। गाउँपालिका प्रदान गरिएको जिङ्क मल, गहुँ, घाँसको बिऊ र सागसब्जीको बिऊ समेत वितरण गरिएको छ।

त्यसैगरी रेबिज बिरूद्वको खोप सञ्चालन गरेको र पशुको कृतिम गर्भधारण सुबिधा दिईरहेको समेत जनाइएको छ । 

आ ब २०७८/०७९ मा उक्त वडा कार्यालयलाई प्राप्त भएको ४० लाख बराबरको सबै योजना तथा कार्यक्रम सबै खर्च भएर गाउँपालिकाले दिएको समय भित्र सम्पन्न भएको र कुनैपनि योजनाको  बजेट बाँकी नरहेको जनाइएको छ भने सोहि आ.ब २०७८/०७९ अबधिमा सामाजिक सुरक्षा भत्ता बापत १ करोड ९२ लाख ८० हजार चार सय ४५ रूपैयाँ खर्च भएको बताइको छ।