झापा । 

नेपाल प्रहरीले निर्वाचनका लागि एकलाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना गर्नका लागि दरखास्त आव्हान गरेको छ । 

आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । 

सूचनामा आगामी भदौ ३० देखि असोज ६ गतेसम्ममा योग्य तथा इच्छुकलाई दरखास्त आव्हान गरेको छ । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने प्रहरीले जानकारी दिएको छ । म्यादी प्रहरीको सेवा तथा सुविधा लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने जनाइएको छ । 

म्यादी प्रहरीले जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त गर्नेछन् । खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ पाउने छन् भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउने जनाइएको छ । 

यस्तो छ म्यादी प्रहरीको दरखास्त आव्हान : 

mydi