झापा । 

झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ । याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका–३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका थिए ।

घाईते रसाईलीको स्थानिय सिटी अस्पताल बुधबारेमा सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो । 

त्यसैगरी हल्दीबारी गाउँपालिका–५ का ६१ बर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाएर माछामार्ने क्रममा  करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो भने मेचीनगर नगरपालिका–५ स्थित हडिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका  मेचीनगर नगरपालिका–११ धाईजनका ४७ बर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।