बिराटनगर  ।

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप–महानगरपालिका–१५ का ३२ बर्षीय निश्चल  बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

प्रहरी चौकी कुशेचौरी मोरङको प्रहरी टोलीलेशंकास्पद अवस्थामा रहेका पथरी शनिश्चरे–९ का २८ बर्षीय मिलन भण्डारी र २० बर्षीय अभिषेक लिम्बुको साथबाट ६०० मिलिग्राम ब्राउन सुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्कीसहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका धरान–१६ सुनसरीका ३७ बर्षीय युसुफ सुब्वा र  २७ बर्षीय  थोमस राईलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।