बिराटनगर।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा बिशिष्ठ ब्यक्तिको सुरक्षा तालिम उदघाटन भएको छ ।
आइतावर (आज) कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उदघाटन गरेका हुन् ।
तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा बिशिष्ठ ब्यक्तिको सुरक्षार्थ खटिएका प्रहरी बरिष्ठ नायव निरीक्षकदेखि प्रहरी जवान गरी २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।