हल्दिबारी । 

झापा हल्दीबारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयले  एक वर्षमा ११ लाख ९ हजार ३ सय १८ रूपैयाँ ७४ पैसा   राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ नम्बर वडा कार्यालयले विभिन्न शिर्षकहरूबाट  उक्त राजश्व संकलन गरेको ३ नम्बर वडा कार्यालयका सूचना अधिकारी तथा वडा सचिव राजन खतिवडाले बताएका छन् । 

वडा  कार्यालयको प्रतिबेदन अनुसार जम्मा १५७३ वटा सिफारिस भएका छन् ।  चारकिल्ला १२९ वटा, घरबाटो १२२, नाता प्रमाणित ७६ वटा, आय प्रमाणित २०वटा, ब्यबसाय दर्ता ५७ वटा, बाटो प्रमाणित ३० वटा, सिफारिस २१५, सर्जिमिम ३०वटा, बिधुत मिटर सिफारिस ६०वटा, नागरिकता र प्रतिलिपी नागरिकता ३८२, अन्य सिफारिस ४५२ वटा भएको जनाइएको छ।

त्यस्तै कृषि तथा पशु शाखाबाट औषधि उपचार बापत जम्मा ४४२ जनाले सेवा सुबिधा लिएको छन्। गाउँपालिकाले प्रदान गरिएको जिङ्क मल ४०० घरधुरीलाई दिइएको छ। गाउँपालिकाबाट दिएको गहुँ, घाँसको बिऊ र सागसब्जीको बिऊ समेत वितरण गरिएको थियो । 

३० ब्यक्तिगत घटना दर्ता अन्तरगत जम्मा दर्ता पुरूष ८५जन, जन्म दर्ता महिला ८६जना, मृत्यु दर्ता २४ जना, मृत्यु दर्ता महिला १९ जना, बिबाह दर्ता ५६वटा, सम्बन्ध बिच्छेद दर्ता ६ वटा, बसाइँसराइगरी गएको परिबार संङ्ख्या १७ परिवारमा जम्मा परिवार संङ्ख्या ५१ जना, बसाइँसराइ भई आएको परिवार संङ्ख्या २६ परिवारमा जम्मा परिवार सदस्य सङ्ख्या ९४ जना रहेको जनाएको छ।

त्यसैगरी योजना तथा कार्यक्रम आ ब २०७८÷०७९मा यस वडा कार्यालयलाई प्राप्त भएको  ४० लाख रुपैयाँ बराबरको सबै योजना तथा कार्यक्रम सबै खर्च भई गाउँपालिकाले दिएको समय भित्र सम्पन्न भएको र कुनैपनि योजना कार्यालय बजेट नभएको वडासचिव खतिवडाले बताएका छन्।