झापा ।
गर्ग गोत्री लामिछाने बन्धु समाज झापाको २८ औं अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । झापाको कनकाईस्थित कोटीहोममा रहेको गर्ग आश्रमको सभाहलमा सम्पन्न अधिवेशनले समितिको दोस्रो बेठकबाट एक थप्नेगरी १९ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले अध्यक्षमा टिकाप्रसाद लामिछाने चुनिएका छन् भने बरिष्ठ उपाध्यक्ष पूर्णदेव लामिछाने, उपाध्यक्ष घनश्याम लामिछाने र सचिवमा विमल लामिछाने चयन भएका छन् । यसैगरी सहसचिवमा विष्णुभक्त लामिछाने र कोषाध्यक्ष हरिप्रसाद लामिछाने चुनिएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद लामिछानेले जानकारी दिए ।
समितिको सदस्यहरुमा क्रमशः लोकनाथ लामिछाने, गुरुप्रसाद लामिछाने, योगप्रसाद लामिछाने, केशव लामिछाने, देवा लामिछाने, मनिशा लामिछाने, भीमप्रसाद लामिछाने, लक्ष्मीप्रसाद लामिछाने, सरोज लामिछाने, कृष्णप्रसाद लामिछाने, सर्मिला लामिछाने र सरु लामिछाने चुनिएका छन् ।
लामिछाने बन्धु समाज झापाको अधिवेशनले ३ सदस्य लेखा समिति समेत गठन गरेको छ, जसको संयोजक विशेश्वरप्रसाद लामिछाने रहेका छन् भने सदस्यहरुमा युवराज लामिछाने र सागर लामिछाने रहेका छन् ।
यसैगरी जिल्ला अधिवेशनले केन्द्रीय अधिवेशनमा जाने प्रतिनिधीसमेत सिफारिस गरेको छ, जसमा युद्धप्रसाद लामिछाने, मातृकाप्रसाद लामिछाने, रामप्रसाद लामिछाने, एन पी लामिछाने, पदमसुन्दर लामिछाने र हरिमायाँ लामिछाने रहेको छन् ।
जिल्लाभरका लामिछाने बन्धुहरुको प्रतिनिधित्व रहेको भेलामा समाजका निवर्तमान अध्यक्ष एनपी लामिछानेले अघिल्लो समितिले गरेका कामहरुको प्रतिवेदन प्रश्तुत गरेका थिए । अधिवेशनले बन्धु समाजको सभाहल सहित विभिन्न संरचना निमाण गर्नुका साथै पालिकास्तरसम्म बन्धु समाजलाई संगठित र संस्थागत गर्ने निर्णय समेत गरेको छ ।
- अग्रजहरुलाई सम्मान
अधिवेशनको पहिलो सत्रमा विभिन्न चरणमा बन्धु समाजमा रहेर योगदान पुर्याउने अग्रजहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो, सम्मानित हुनेहरुमा पूर्णदेव लामिछाने, भिमप्रसाद लामिछाने, बद्रीप्रसाद लामिछाने, यज्ञनिधि लामिछाने, कमल लामिछाने, रघुनाथ लामिछाने, दिवाकर लामिछाने, सर्मिला लामिछानेको सम्मान छोरी डील्ली लामिछाने र स्वर्गीय महानन्द लामिछानेको सम्मान उहाकी बुहारी पवित्रादेवीले ग्रहण गरेको समितिले जनाएको छ ।
पूर्व केन्द्रीय उपाध्यक्ष मातृकाप्रसाद लामिछानेको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा जग्गादाता सुरेशकुमार खरेल र सल्लाहकार संयोजक रामप्रसाद लामिछानेले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । समितिका अध्यक्ष एनपी लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य पूर्णदेव लामिछाने र सञ्चालन टिका लामिछानेले गरेका थिए ।