• राजु बराल 

चन्द्रगढी ।

झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २३ औं साधरण सभा सम्पन्न भएको छ । भद्रपुर–९ को देवकोटा चोक स्थित मुना सामुदायिक भवनमा  शनिवार साधारणसभा सम्पन्न भएको हो ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, नगर उप–प्रमुख राधा कार्की, नेकपा माओबादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभन्डारी, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष पदम सुब्बा, वन समुहका पूर्व अध्यक्ष हिराप्रसाद पोखरेल, समाजसेवी विष्णुप्रसाद शिवाकोटी, कैलासेश्वर शिव पान्चायन मन्दिरका अध्यक्ष चुडामणि मैनाली, कृष्ण प्रणामी मन्दिरका अध्यक्ष गोपालकृष्ण मैनाली, रामेश्वर शिव पान्चायन मन्दिर अध्यक्ष शिवराम लुइटेल, पुहातु जनज्योति माबिका प्रधानाध्यापक शिवप्रसाद पोखरेललगायतले शुभकामना मन्तब्य राखेका थिए । 

 चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दुर्गाप्रसाद भट्टरार्इले समुहको आगामी नीति र कार्यक्रम समेटिएको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको सो कार्यक्रममा समुहको आर्थिक प्रतिबेदन र लेखा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो ।

समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टरार्इको अध्यक्षतामा भएको कार्यक्रममा  स्वागत उपाध्यक्ष गोकुल ढकाल र सन्चालन सचिव पार्वती मल्लले गरेकी थिइन् ।