झापा । 

संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्धितियको निधन भएको भन्दै आत्महत्या रोकथाम सम्बन्धीको कार्यक्रम स्थगित भएको छ । 

महारानी एलिजावेथ दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय भएपछि उक्त कार्यक्रम स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

नेपाल सरकारको निर्णय अनुसार भदौं २५ गते (आज) देखी २७ गतेसम्म शोक मनाउने नेपाल सरकारको निर्णय अनुसार आज हुने भनिएको आत्महत्या रोकथाम सम्बन्धीको कार्यक्रम स्थगित गरिएको जनाइएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शोक मनाउने निर्णय गरेको थियो ।

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो ।