हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकाले वडा नम्बर १ लाई वडास्तरको योजना तथा कार्यक्रम सञ्चालन गर्न दिएको ४५ लाख बजेट बाडफाँडमा अधिकांश बजेट सडक स्तरउन्नति, मर्मत र ग्राबेलमा बिनियोजन गरेको छ ।
हल्दिबारी गाउँपालिकाद्वारा वडास्तरको योजना तथा कार्यक्रम सञ्चालन गर्न दिएको ४५ लाख रुपैयाँलाई शिर्षकगत यसरी बिनियोजन गरिएको हो।
खानेपानी ब्यबस्थापनका लागि ६ लाख ५०हजार, सडक बत्ती मर्मतका लागि १ लाख ५०हजार, कार्यालय ब्यबस्थापन २० हजार, युवा तथा खेलकुद बिकास १ लाख, शिक्षा सम्बन्धि विविध कार्यक्रम १ लाख ५० हजार, बालबालिका सशक्तीकरण २५ हजार, कृषि तथा पशुपंक्षि सम्बन्धि विविध कार्यक्रम ६ लाख ५० हजार, दलित सशक्तीकरण ५०ह जार, कार्यक्रम खर्च १लाख ५० हजार, संन्थाल जातिको भेषभुषा खरिद ४० हजार, आदिवासी÷जनजाति उत्थान कार्यक्रम ५० हजार, साँस्कृति जगेर्ना १ लाख ५०हजार, महिला सशक्तीकरण ५० हजार, थारू जातिको भेषभुषा खरिद ४० हजार, विविध खर्च १ लाख, जेष्ठ नागरिक भ्रमण सम्मान कार्यक्रम १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै गर्जमान शाह शंकरको घर पूर्व दक्षिण जाने बाटो मर्मत ५० हजार, चण्डेश्वर शाहको घर पूर्व नरेश्वर न्यौपानेको घर उत्तर जाने बाटो मर्मत ५० हजार, ध्यान बहादुर मोक्तानको घर पूर्व दक्षिण हरि ढकालको घर जाने बाटो ६० हजार, नगेन्द्र खड्काको घर पश्चिम आउने अपुरो बाटो मर्मत ३० हजार, जोगेन हस्ताको घर दक्षिण सनसाईन स्कुल हुँदै गोपिकृष्ण सिटौलाको घर जाने बाटो मर्मत ५० हजार, राम लिङखिमको घरदेखि उत्तर जाने बाटो स्तरउन्नती तथा ग्राबेल ८०हजार, ईन्द्र पौडेलको घर दक्षिण गजकाली मन्दिर जोड्ने बाटो मर्मत ५०हजार, महेश पौडेलको घर उत्तर पूर्व हुँदै फारलाईन जोड्ने बाटो स्तरउनन्ति तथा ग्राबेल ७०हजार रुपैयाँ छ ।
त्यसैगरी पुष्प चौधरीको घर दक्षिण नेत्र न्यौपानेको घरसम्म जाने अपुरो बाटो मर्मत ५० हजार, नन्दलाल चापागाईंको घर पूर्व कालोपत्रे जोड्ने बाटो मर्मत ४० हजार, प्रकाश गुरूङ्गको घरबाट पश्चिम आउनेबाटो मर्मतसाबिक वडा नम्बर ४०४०हजार, फाल्गुनन्द चोकदेखि पुर्व जाने अधुरो बाटो मर्मत ३०हजार, विभिन्न ठाउँमा हेमपाईप २लाख ५० हजार, राम चौकदेखि पश्चिम जानेबाटो स्तरउन्नि र ग्राबेल ३० हजार, शान्तिराम घिमिरेको घर पूर्व हुँदै दक्षिण जाने बाटो मर्मत ५० हजार, सोमनाथ खनालको घर दक्षिणबाट पश्चिम आउने बाटो मर्मत ५०हजार, आइत गुरूङ्गको घरदेखि उत्तर जाने बाटो मर्मत ३० हजार, नयाँ बस्तीदेखि उत्तर राम राईको घर छेउ कज्वे मर्मत २५ हजार, फाल्गुनन्द चोकदेखि दक्षिण बार्हदर्शि गाउँपालिका ३ सिमाना जोड्ने बाटो मर्मत ५०हजार, सिर्जना चोक पुर्व ललित बहादुर खेल मैदान मर्मत तथा बाटो ग्राबेल १लाख २०हजार, तिलक चौहानको घर दक्षिण केशव उप्रेतीको घर जाने बाटो मर्मत ४०हजार, आशामोड पश्चिम गजकाली जोड्ने बाटो मर्मत ५० हजार, राउत अन्तरेको घर पूर्व यामबहादुर बराईलीको घर जाने बाटो मर्मत तथा ग्राबेल ५०हजार, टेक बहादुर राईको घरदेखि चन्द्र निगाहाको घर जोड्ने बाटो मर्मत ५० हजार, बिधुत पोल तथा तार बिस्तार तथा मर्मत २लाख ६०हजार, बजार क्षेत्रमा जेब्रा क्रसिङ्ग निमार्ण २० हजार, भैपरी आउने पुँजिगत खर्चका ३ लाख विनियोजन गरेको वडा नम्बर १ का वडाध्यक्ष देबीबहादुर थापाले जानकारी दिए।