बिराटनगर ।
१ नम्वर प्रदेश प्रहरी कार्यलय बिराटनगरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार (आज) एक कार्यक्रमको आयोजना गरी १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक गिरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आयोजना गरेको ‘आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९’ को बारेमा जानकारी गराउदै भाद्र २५ गते बिरानगरमा हुन गईरहेको ‘आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९’ सुभारम्भ कार्यक्रममा उपस्थितिको लागि आग्रह समेत गरेका छन् ।
उक्त सचेतना अभियान १ नम्वर प्रदेशको १४ वटै जिल्लाहरुमा एकै साथ सञ्चालन हुने जानकारी गराउँदै प्रदेश प्रहरी प्रमुख गिरीले सञ्चारर्मीहरुबाट उठेका जिज्ञासा बारेमा समेत प्रस्ट पारेका थिए । साथै भेटघाट कार्यक्रममा १ नम्बर प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाको बारेमा समेत जानकारी गराएका थिए ।


















