झापा ।

झापाको बिर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी बिर्ताबजारको प्रहरी टोलीले  बिर्तामोड–५ का १९ बर्षीय कालु दासलाई शंका लागेर चेक जाँच गर्दा उनको  साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

प्रतिबन्‍धित ब्राउन सुगर बरामद भएपछि दासको इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।