बिर्तामोड । 

झापाको बिर्तामोडमा भिभो २५ र भिभो २५इ स्मार्ट फोन बिक्री वितरण शुरु भएको छ । मेचीका लागि आधिकारिक बिक्रेता फिल नेपाल मल्टि टे«ड कन्सन प्रालिले बिक्री वितरण शुरु गरेको हो । 

एक्वर मेरिन ब्लु, डाइमण्ड ब्लाक र सनराइज बोल्ड गरेर तीन वटा कलरमा उपलब्ध फोनमा ६४ मेगा फिक्सरको ब्याक क्यामेरा रहेको भिभोका टेरीटोरी सेल्स मेनेजर निरज सिटौलाले जानकारी दिए । 

भिभो २५ र भिभो २५ इ स्मार्ट फोनमा ८ जीवी ¥याम तथा १२८ जीबी स्टोरेज उपलब्ध रहेको सिटौलाले बताए । भिभो २५ को मूल्य ५२ हजार ९९९ रुपैयाँ र भिभो २५ इ को मूल्य ४२ हजार ९९९ रुपैयाँ रहेको जनाइएको छ । कार्यक्रममा फिल नेपाल मल्टि टे«ड कन्सन प्रालिका सञ्चालक खगेन्द्र नेपाल र हिमाल प्रसाईलगायतको उपस्थिति रहेको थियो ।