- राजु बराल
चन्द्रगढी ।
झापाको चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफार्इ समितिको निर्वाचन कार्यक्रम अन्तर्गत पहिलो चरणमा परिषद सदस्य र टोल संयोजकको निर्वाचन सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकाको वडा नं. ९ र १० मा कार्यक्षेत्र रहेको उक्त समितिका १२ वटा टोलहरुका टोल संयोजक १२ जना र १५१ जना परिषद सदस्य सर्वसम्मत चयन गरिएको निर्वाचन समिति सदस्य राजु बरालले बताए ।
समितिका टोल संयोजकमा टोल नं. १ देखि १२ सम्म क्रमश रुद्रप्रसाद खतिवडा, कमला चौधरी, तिलक अधिकारी, खिलबहादुर थापा मगर, रबिन फागो, भोजराज मिश्र, कुलप्रसाद खरेल, रेवतीरमण रेग्मी, रेन्द्रकुमारी सुवेदी, टेकबहादुर रोक्का, ज्ञानबहादुर खडका र अमरबहादुर अधिकारी रहेका छन् ।
चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफार्इ समितिको कार्यसमितिको निर्वाचन भाद्र ३१ गते हुदैछ । भाद्र ३१ गते हुने कार्यसमितिको निर्वाचनका लागि भाद्र २६ गते उम्मेद्वार मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।