बुधवारे । 

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले ९५ बर्ष उमेर पूरा भएका वडाका जेष्ठ नागरिकहरुलाई ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत वार्षिक रुपमा दुई हजार पाँच सय रुपैँयाँ उपलब्ध गराउने भएको छ ।

९५ वर्ष उमेर पूरा ुभएका समाजका सम्पत्ती, इतिहासका साक्षी जेष्ठ नागरिकलाई सम्मान स्वरुप वडाको मिटिङले सो निर्णय गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । 

सो रकम जेष्ठ नागरिकबाट आर्शिवाद लिने चाड विजयादशमी अगाडी नै जेष्ठ नागरिकहरुलाई प्रदान गरिने वडाले जानकारी दिएको छ ।