झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर७ बिशम टोलस्थित राजेन्द्र गिरीको घरबाट सुनका गरगहनासहित १० लाख रुपैयाँ बराबरको चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

भद्रपुर–१० का २२ बर्षिय रितिककुमार शर्मा र भद्रपुर–७का रोशन राजबंशीलाई चोरी गरीएका दशी प्रमाणसहित पक्राउ गरिएको हो । 

चोरी भएको भन्ने निवेदन तथा उजुरीको आधारमा अनुसन्धान गर्दा चोरी भएका सामानसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका  दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाले झापा जिल्ला अदालत झापामा उपस्थित गराई म्याद समेत गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट मोबाईल सेट थान–१,  टुक्रा पारेको अवस्था रहेको सुनको पहेलो रङको चुराको टुक्रा थान–२, टुक्रा पारेको अवस्थामा रहेको सुनको पहेलो रङको पञ्चरत्नको टुक्रा थान–२, पहेलो रङको सुनको ब्रास्लेट थान–१, कानमा लगाउने पहेलो रङको सुनको रामलिला थान–२ र टुक्रा पारेको अवस्थामा रहेको सुनको पहेलो रङको चन्द्रमाको टुक्रा थान–२ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।