झापा । 

झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने तीन वटा ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नदिजन्य बालुवा उत्खनन् गरी लाने क्रममा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो । 

अर्जुनधारा–७ फुलमती खोलाबाट अबैध रुपमा ढुङ्गा, बालुवा उत्खन्न गर्दै गरेको अवस्थामा मे १ त ५८७९ र मे १ त ७२१४ नम्बरका  दुई वटा ट्याक्टरलाई प्रहरी चौकी शनिश्चरको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

मेचीनगरवडा नम्बर ७  पालिया खोलाबाट नदिजन्य बालुवा उत्खनन् गरी लाने क्रममा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाको प्रहरी टोलीलेप्रदेश १–०१–००२ त १०८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

अर्जुनधाराबाट नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारवाहीका लागि अर्जुनधारा नगरपालीकाको कार्यालयमा बुझाउने तयारी भइरहेको र मेचीनगरबाट नियन्त्रणमा लिएको ट्याक्टर मेचीनगर नगरपालिका बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।