बिर्तामोड ।
झापाको बिर्तामोडबाट प्रत्येक मंगलबार प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक आठांै बर्षमा प्रवेश गरेको छ ।
२०७२ सालदेखि निरन्तर प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिकले अनलाईन संस्करण बिर्ताज्योति डटकममार्फत देशविदेशका लाखौं नेपालीलाई सूसुचित गर्दै आइरहेको छ ।
नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय र प्रेस काउन्सीलको वर्गीकरणमा ख वर्गमा वर्गीकृत हुन सफल बिर्ताज्योति साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र जनचाहना अनुरुप प्रकाशन गर्दै लैजाने बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।