झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर २ आम्दा रोडबाट अवैंध काठसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली–५ का १९ बर्षिय नविन लिम्बु, सोही स्थानका २० बर्षिय सुजन श्रेष्ठ, ३० बर्षिय धनपति न्यौपाने, फाकफोकथुम –३ का २० बर्षिय रमेश लिम्बु र पाँचथर तुममेवा–१ का २२ बर्षिय विवेक लिम्बु रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले बुधवार (आज) ५ थान साईकलमा अवैध रुपमा  सिसौको जातको गोलिया ५ थान २६.८५ क्युबिफिट, सखुवा जातको चिरान काठ १४ थान ११.९५ क्युबिफिट गरी जम्मा ३८.८० क्यु.बिफिट काठ पक्राउ गरेको हो । 

प्रहरीले अबैंध काठ र काठ काट्ने साधन –१ थानसहित फेला पारी पक्राउ गरी आवश्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय बेलडाँगी दमकमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।