हल्दिबारी ।
१९औं निजामती सेवा दिवसमा झापाको हल्दिबारी गाउँपालिकाका निजामति कर्मचारीले बिबिध कार्यक्रम गरि मनाइएका छन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने यस वर्ष मुल नाराका साथ निजामती सेवा दिवस धुमधामका साथ बुधवार (आज) मनाइएको हो ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।
निजामती सेवा दिवसको अवसरमा हल्दिबारी गाउँपालिका परिसरमा ‘तीनै तहका कर्मचारी निजामती कर्मचारी, सबै सरकारी कर्मचारी समान हुन’ भन्ने नारा सहित हल्दीवारी गाउँपालिका अन्तर्गतका कर्मचारीहरुले पनि निजामती कर्मचारी दिवस मनाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको नेतृत्वमा सबै बिषयगत शाखा, सबै वडा कार्यालय तथा स्वास्थ्य चौकीहरु समेतका कर्मचारीहरुले आ–आफ्नो कार्यालय परिसरको सरसफाई गर्नुका अतिरिक्त रोपिएका फुलहरु गोड्ने एवम कर्मचारीहरुले आ–आफ्ना घरबाट ल्याइएका फुलका बिरुवाहरु रोप्ने कार्य समेत गरेका थिए ।