हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकाले पूर्वाधार बिकासतर्फ जम्मा १० करोड २३ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ। संघिय सरकारकाे ससर्त अनुदान मार्फत गरिब तथा विपन्न नागरिक आवास निर्माण कार्यक्रमका लागि ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।
हल्दिबारी वडा नम्बर ३ मा पर्न सफल योजनाहरू रामेश्वर प्रा.बि. मा ४ कोठे बिधालय भवन निर्माण संघिय सरकारको बजेटबाट २५ लाख प्राप्त भएको हो ।
त्यसैगरी संघिय सरकारबाटै लक्ष्मी मा. बि. पूर्व भुसुडी खोलामा पक्की पुल र हुलाकी राजमार्ग दक्षिण भुसुडी खोलामा पक्की पुल निमार्ण बहुबर्षे योजना सञ्चालन हुने भएको छ।
हल्दिबारी गाउँपालिकाले ३ नम्बर वडाका लागि सञ्चालन गर्ने योजनाहरूमा निर्माणाधिन कुलुङ्ग चोकबाट ढडुवा हुँदै जम्बा चोक पश्चिम हुलाकी राजमार्ग जोड्ने सडक कालोपत्रे योजनाको निरन्तरताका लागि ४० लाख बिनियोजन गरेको छ।
शितला क्यानल निमार्णका लागि ४ लाख, स्वर्गद्वारी मन्दिर उत्तर बस्तीको आसपास देउनीया नदी तटबन्धको लागि १० लाख, निमार्णाधिन मेचे शिव मन्दिरका लागि १ लाख, शुरेश्वर शिव मन्दिरमा बन्दै गरेको भवन निमार्णका लागि ५ लाख र हरिहर क्षेत्रको राधाकृष्ण मन्दिर भवन निर्माणका लागि २ लाख विनियोजन भएको हल्दिबारी वडा नम्बर ३ का वडा अध्यक्ष बिष्णुप्रसाद ओलीले जानकारी दिए।