बिराटनगर।
झापा र मोरङको छुट्टाछुट्टै  स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।                                                                          हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाईकलमा सवार रहेका लेटाङ नगरपालिका-४ मोरङका २१ बर्षीय सनिप राई र २१ बर्षीय पुर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए संगै मेचीनगर नगरपालिका-७ का २१ बर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको छ भने दमक नगरपालिका-२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले संकास्पद अबस्थामा हिडिरहेका दमक-२ का ४१ बर्षीय भिम बहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरेको हो । 
                                                                            यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको १ नम्वर ढाटमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १-०२-०४ प १७५७ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-२ का २८ बर्षीय ज्ञानदिप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट  थप अनुसन्धान भईरहेको छ ।