भद्रपुर ।

मानब बेचबिखन तथा ओसार पसार विरुद्धको १६ औ राष्ट्रिय दिवसको अवसरमा देशभर विविध कार्यक्रम भएको छ । झापाको भद्रपुरमा पनि जनचेतनामुलक पोष्टर टास्ने तथा र्यालीसहितको कार्यक्रम सम्पन्न भएको हो ।

भद्रपुर नगरपालिकासहित मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने एबिसी नेपाल झापा, साना हातहरु, वडा प्रहरी भद्रपुर, शसस्त्र प्रहरी बल भद्रपुर, मानव अधिकारका लागि एकल महिला, मेची बहुमुखी क्याम्पस, विश्व सेवालगायतका संघ–सस्थाको आयोजनामा बिबिध कार्यक्रम गरी दिवस मनाइएको हो । भद्रपुरमा र्यालिसहित नगर परिक्रमापछि मेची पुलमा कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध, लागू औषध बिरुद्धका नारा सहितका स्टिकर पम्पेटहरु सवारी साधनमा टाँस्नुका साथै वितरण समेत गरिएको थियो । नेपालतर्फको मेची पुल पश्चिम तथा भारतको बिहार राज्यस्थित गलगलियाका केही स्थानहरुमा मानव बेचबिखन बिरुद्ध र लागू औषध बिरुद्धका चेतना मुलक पम्पप्लेट र स्टिकरहरु सवारी साधन र  स्थानीय  होटलहरु टाँसिएको थियो ।