लक्ष्मीपुर ।  

नेपाल बन पैदावार उद्योग व्यवसायी संघ झापाको ९ औ बार्षिक साधारणसभा तथा चौथो  अधिवेशनबाट अध्यक्षमा चन्द्रबहादुर गुरुङ निर्वाचित भएका छन् । संघको झापाको कनकाई ८ लक्ष्मीपुरमा सोमवार (आज) सम्पन्न अधिवेशनबाट गुरुङ निर्वाचित भएका हुन् । 

अधिवेशनबाट प्रथम उपाध्यक्षमा पुष्पराज दाहाल, द्धितीय उपाध्यक्षमा तुलसीप्रसाद संजेल, सचिवमा छत्रबहादुर कार्की, सह–सचिवमा नारायण कार्की र कोषाध्यक्षमा दीपक मेन्याङ्वो चयन भएका छन् । 

त्यसैगरी सदस्यमा मेघनाथ गिरी, सन्तोष थापा, बिर्ख कुँवर, धिरज खड्का, दिनेश सुवेदी, श्रीप्रसाद कन्दङ्वा र लक्ष्मण कार्की चयन भएका छन् ।  अधिवेशनले लेखा समिति संयोजकमा काशी सापकोटा र सदस्य झबललाल राजवंशी र दीपक चम्लागाईलाई चयन गरेको छ ।