मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१५ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउँदै गरेका जहदा गाउँपालिका–५ मोरङका २१ बर्षीय सुरज कुमार चौधरीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४४ मिलिग्राम ब्राउन सुगर र इटहरी उप(महानगरपालिका–९ का  ३४ बर्षीय सन्तककुमार खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।