लक्ष्मीपुर ।
नेपाल बन पैदावार उद्योग व्यवसायी संघ झापाको चौथो अधिवेशन तथा ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल बन पैदावार उद्योग व्यवसायी संघका प्रदेश १ अध्यक्ष वावुराम घिमिरेको प्रमुख आतिथ्य तथा संघका जिल्ला अध्यक्ष गोपाल खत्रीको अध्यक्षतामा अधिवशन सम्पन्न भएको हो ।
झापाको कनकाई ८ लक्ष्मीपुरमा सम्पन्न अधिवेशनमा संघका संरक्षक तीलक प्रसाद गिरी, नेपाल बन पैदावार उद्योग व्यवसायी संघ प्रदेश १ का महासचिव माधव मणि हुँमागाई, फर्निचर तथा फर्निसिङ व्यवासी महासंघ झापाका अध्यक्ष चन्द्रप्रसाद गिरी, भेनियर उत्पादक संघ झापा अध्यक्ष दिपक पाण्डे, नेपाल बन पैदावार उद्योग व्यवसायी संघ मोरङ अध्यक्ष विजय कार्की, सुनसरी अध्यक्ष युवराज वस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही समारोहकाबीच नेपाल बन पैदावार उद्योग व्यवसायी संघको भवन निर्माण समिति संयोजक चन्द्रवहादुर गुरुड, सदस्य श्यामप्रसाद न्यौपाने, कार्यालय सचिव योगेन्द्र सुवेदी, भवन निर्माण समिति संयोजक छत्रवहादुर कार्की, भवनको रेखदेख तथा स्याहार सम्भार गर्ने पर्शुराम राजवंशीलाई सम्मान गरिएको थियो ।
संघका सदस्य छत्र कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव पुष्पराज दाहालले गरेका थिए ।
संघको झापा अध्यक्षमा चन्द्रबहादुर गुरुङ
लक्ष्मीपुर ।
- नेपाल बन पैदावार उद्योग व्यवसायी संघ झापाको ९ औ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा चन्द्रबहादुर गुरुङ निर्वाचित भएका छन् । संघको झापाको कनकाई ८ लक्ष्मीपुरमा सोमवार (आज) सम्पन्न अधिवेशनबाट गुरुङ निर्वाचित भएका हुन् ।
- अधिवेशनबाट प्रथम उपाध्यक्षमा पुष्पराज दाहाल, द्धितीय उपाध्यक्षमा तुलसीप्रसाद संजेल, सचिवमा छत्रबहादुर कार्की, सह–सचिवमा नारायण कार्की र कोषाध्यक्षमा दीपक मेन्याङ्वो चयन भएका छन् ।
- त्यसैगरी सदस्यमा मेघनाथ गिरी, सन्तोष थापा, बिर्ख कुँवर, धिरज खड्का, दिनेश सुवेदी, श्रीप्रसाद कन्दङ्वा र लक्ष्मण कार्की चयन भएका छन् । अधिवेशनले लेखा समिति संयोजकमा काशी सापकोटा र सदस्य झबललाल राजवंशी र दीपक चम्लागाईलाई चयन गरेको छ ।
