बिर्तामोड । 

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ बिर्तामोड नगर समितिको दोस्रो नगर अधिवेशन तथा छैटौ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः गोपाल खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।  बिर्तामोडमा सोमवार (आज) भएको अधिवेशनले खनालको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको हो । 

समितिको बरिष्ठ उपाध्यक्षमा नारायण राई, उपाध्यक्षमा पदम रिकीमी मगर र कुमार कन्दङ्वा चयन भएका छन् भने सचिवमा सन्तोषकुमार खरेल र कोषाध्यक्षमा गणेश उप्रेती सर्वसम्मत चयन भएका छन् । 

त्यसैगरी सदस्यमा सुनिल राजवंशी, होम राजवंशी, मनोज शर्मा, सिताराम अधिकारी, मोहन वाग्ले, शंकर अन्सारी, टेकनारायण राजवंशी, सरोज खनाल, अमृतलाल राजवंशी, डिके राजवंशी र विकल राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । 

नगर अध्यक्ष गोपाल खनालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संघका झापा कोषाध्यक्ष मानबहादुर कटुवालले गरेको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिशिष्ठ अतिथि संघका केन्द्रीय सदस्य खगेन्द्र खरेल, संघका झापा अध्यक्ष चन्द्रप्रसाद गिरी, संघका पूर्व अध्यक्ष टेकवहादुर खजुम, संघका दमक नगर अध्यक्ष युवराज पाठक, भद्रपुर नगर अध्यक्ष सत्रुधन चौधरी, उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतले संघमा एकताबद्ध भएर लाग्न सवै ब्यवसयाीहरुलाई आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।  

far